Radio Annapurna Nepal - News Feed
आजदेखि सुपथ मुल्यका पसल सन्चालन
      <description><![CDATA[ काठमाडौं, १ असोज ।
चाडपर्वलाई लक्षित गरी आजदेखि आपुर्ति मन्त्रालयले सुपथ मुल्यको पसल सञ्चालन भएको छ । नेपाल खाद्य संस्थान, नेसनल टे«डिङ, साल्ट ट्रेडिङ र दुग्ध विकास संस्थानले संयुक्त रुपमा बिक्री कक्षहरु सञ्चालन गरेका हुन् । उपत्यकाका थापाथली, रामशाहपथ, बल्खु, टेकु, कोटेश्वर, नारायणथान, जोरपाटी, भक्तपुर, जावलाखेल र नख्खु लगायतमा गरी उपत्यकामा १३ ठाउँमा र जिल्ला बाहिर २३ ठाउँमा सुपथ मुल्यका पसल सन्चालन हुनेछन् ।
सुपथ मुल्यका पसलको  औपचारिक शुरुवात रामशाहपथमा आपुर्तिमन्त्री दिपक बोहोर... ]]></description>
पर्वतमा जिप दुर्घटना हुँदा ३ महिलाको मृत्यु / ८ घाईते, ३ को अवस्था गम्भिर
      <description><![CDATA[ काठमाडौं, २५ भदौ । पर्वतको धाइरिङमा शनिबार जिप दुर्घटना हुँदा ३ जना महिलाको मृत्यु भएको छ । अन्य ८ जना घाइते भएका छन् ।
मृत्यु हुनेमा धाइरिङ–८ की ५५ वर्षीया हरिमाया पुन, कास्की रिवाङ–९ घर भइ धाइरिङ केराबारी बस्ने ६० वर्षीया दिलकुमारी बुढाथोकी र म्याग्दी ज्यामुर्काेट–३ भकुण्डेकी ५० वर्षीया राममाया दमाई रहेको म्याग्दी ट्राफिक प्रहरी प्रमुख तीर्थराज पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार घाईते कास्की रिवाङकी २१ वर्षीय लुकमाया बुढाथोकी, २ वर्षीय बालक निश्चल बुढाथोकी र १४ वर्षीय अम... ]]></description>
ताप्लेजुङ्गमा पहिरोमा परेर एकै परिवारका तीनजनाको मृत्यु
      <description><![CDATA[ काठमाण्डौं, १८ भदौं । 
ताप्लेजुङमा पहिरोमा परेर एकै परिवारका तीन जनाको मृत्यु भएको छ । पहिरोमा परेर अर्का एक जना वेपत्ता भएका छन भने एक जना घाईते भएका प्रमुख जिल्ला अधिकारी चक्रपाणी पाण्डेले जानकारी दिनुभयो । ताप्लेजुङ्ग नगरपालिका दुईका टीका मगरकी श्रीमती विमला, छोरा मनोज र ललितको मृत्यु भएको हो । उनीहरु घरमा सुतिरहेको अवस्थामा माथिबाट पहिरोले पुगेको थियो । उनीहरुको शव  नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोलीले निकालेको छ । यस्तै ताप्लेजुङ नगरपालिका–८ मा पहिरो झरेपछि भ... ]]></description>
आज दर खाने दिन
      <description><![CDATA[ काठमाडौं, १८ भदौं । 
काहिन्दु महिलाले मनाउने तीज पर्व अन्तरगत आज दरखाने दिन,  दर खाएर मनाइदैछ । विभिन्न मीठा मिठा परिकारका साथ दर खाने चलन छ । आज चेलिबेटि बोलाएर दर खुवाउने गरिन्छ । माइतीघर वा आफन्तकहाँ तथा आफ्नै घरमा खिर, हलुवा, ढकनी, घिउ, दही, दूध, मिठाइ, फलफूललगायतका मिठा परिकारलाई दरको रुपमा खाने गर्दछन् । दरखाने समय र स्थान भने ठाउँ अनुसार फरक फरक रहेको छ । कतै साँझमा अन्य चीज नखाई दर खाने प्रचलन छ भने कतिपय ठाउँमा पहिला खाना खाएर मध्य रातमा दर खाने गरिन्छ । पहिले हरितालिका तीजको... ]]></description>
शेयर बजारमा ३९ अंकको गिरावट
      <description><![CDATA[ काठमाण्डौं, साउन ३१ । शेयर बजारमा आज ३९ अंकले गिरावट आएको छ । परीसुचक ३९ दशमलव १२ अंकले घटेसँगै बजार १६ सय ९४ दशमलव ८१ अंकमा ओर्लिएको छ । आज सबै समूहका सुचक रातो भएका छन् ।
सबैभन्दा धेरै विमा समूह २ सय ३४ दशमलव २८ अंकले घटेको छ । यस्तैगरी होटल ७६, जलविद्युत ४९, बैंकिङ्ग ४०, विकास वैंक ३७, अन्य ९ र फाईनान्स समूहको सुचक २ अंकले घटेको छ । दिनभर १ सय ४१ कम्पनीका १ अर्ब १९ करोड २९ लाख रुपैंयाको कारोवार भएको छ भने ती कम्पनीका २४ लाख १७ हजार २ सय ५ कित्ता शेयर किनबेच भएका छन् ।
सबैभन्दा धेरै नेपाल बं... ]]></description>
भुकम्प प्रभावितलाई अनुदान दिन विशेष अभियान
      <description><![CDATA[ काठमाण्डौं, साउन ३१ । राष्ट्रिय पुनर्निमाण प्राधिकरणले भुकम्प प्रभावितहरुलाई अनुदान रकम उपलब्ध गराउन विशेष अभियान सुरु गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पद्बहालीका क्रममा ४५ दिनभित्र ३१ जिल्लाका ५ लाख ३३ हजार भुकम्प प्रभावितहरुलाई पहिलो किस्ताको अनुदान दिइसक्न निर्देशन दिएपछि प्राधिकरणले आज एक महिने विशेष अभियान सुरु गरेको हो ।
प्राधिकरणले आज पत्रकार सम्मेलन गरी सरकारको घोषणालाई पूरा गर्न विशेष अभियान सुरु गरिएको जानकारी दिएको छ । प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशिल ज्ञवाली... ]]></description>
उपप्रधानमन्त्री महरा चीन प्रस्थान
      <description><![CDATA[ काठमाण्डौं, साउन ३१ । उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महरा सरकारको विशेष दूतका रुपमा आज चीन जानु भएको छ । बिहान ११ बजे एयर चाइनाको बिमानबाट महरा चीन जानुभएको हो । बेइजिङ पुगेर उपप्रधानमन्त्री महराले चीनका राष्ट्रपति सि जिन पिङलाई नेपाल भ्रमणको निम्तो दिनुहुनेछ ।
भ्रमणका क्रममा उपप्रधानमन्त्री महराले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले गरेका सम्झौता कार्यान्वयन र थप समझदारीका विषयमा समेत छलफल गर्नुहुनेछ  । उपप्रधानमन्त्री महरा भदौ ३ गते स्वदेश फर्कनुहुनेछ । गएको बिहीबार... ]]></description>
नेपालमा बाह्य शक्तिको चलखेल : कमल थापा
      <description><![CDATA[ काठमाण्डौं, साउन ३१ । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले १२ बुद्धे सम्झौतादेखि नै नेपालमा बाह्य शक्तिको चलखेल बढेको बताउनु भएको छ ।
मिडिया नेपाल चितवनले गरेको पत्रकार सम्मेलनमा थापाले सत्तामा पुग्न वाह्य शक्तिको आर्शिवाद नभई हुन्न भन्ने नेपाली दल र नेताको मानसिकता हावी हुदै गएकोले राष्ट्रिय स्वाधिनता खतरामा परेको बताउनुभयो । संविधान जारी भएपछि वाह्य शक्तिको प्रभाव कम भएपनि सरकार परिवर्तनपछि त्यो फेरी सक्रिय भएकोे थापाको आरोप छ ।
यसअघिको सरकारमा थापा उपप्रधान एवं परराष्ट्रम... ]]></description>
नेपाल कपको उपाधि आर्मीलाई
      <description><![CDATA[ अनिल ढकाल चितवन ,श्रावण ३१ चौथो नेपाल कप आमन्त्रण फुटबल प्रतियोगिताको उपाधि त्रिभुवन आर्मी क्लबले जितेको छ । चितवनको क्याम्पा चौरमा भएको फाईनलमा नेपाल पुलिस क्लबलाई २–० ले पराजित गर्दै उपाधि कब्जा गरेको छ । पहिलो हाफमै दुई गरेको आर्मीलाई गोल फर्काउन असफल भयो ।
पहिलो हाफको १९ औ मिनेटमा आर्मीका कप्तान भरत खवासले गोल गरेर टिमलाई अग्रता दिलाए । त्यसको लगत्तै ३० औं मिनेटमा आर्मीका सुमन अर्यालले गोल गरेपछि २–० को अग्रता लिएको आर्मीले खेलमा दबाब कायम राख्यो । केही राम्रा अवसर पा... ]]></description>
बैतडीमा पनि गाडी दुर्घटना ३ को मृत्यु १४ घाईते
      <description><![CDATA[ काठमाण्डौं, साउन ३१ । बैतडीमा पनि आज दिउँसो बस दुर्घटना हुंदा ३ जनाको मृत्यु भएको छ । अन्य १४ जना घाईते भएका छन् । घाईते मध्ये २ जनाको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ ।
धनगढीबाट बझाङतर्फ जाँदै गरेको ना ५ ख २८३२ नम्बरको बस बैतडीको सिद्धेश्वर—३ बृन्दावनमा दिउँसो ३ बजेतीर दुर्घटना भएको हो । मृतक २ महिला र १ पुरुषको सनाखत हुन नसकेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । घाईतेहरुलाई उपचारका लागि उपक्षेत्रीय अस्पताल डढेल्धुरा लगिएको छ ।
बस सडकबाट करीब डेढ सयमिटर तल खसेको प्रहरीले जना... ]]></description>
नेपाल नेदरल्यान्डस्विरुद्ध फस्ट ब्याटिङ्गमा पारसको अर्धसतक पार
      <description><![CDATA[ काठमाण्डौं, साउन ३१ । विश्व क्रिकेट लिग च्याम्पियनसीपमा नेपाल अहिले नेदरल्याण्डविरुद्ध पहिले ब्याटिङ गरिरहेको छ । घरेलु टोली नेदरल्याण्डसविरुद्ध नेपालले  आम स्ट्रडममा टस हारेर पहिले ब्याटिङ गरिरहेको छ । कप्तान पारस खड्काले अर्धसतक पूरा गरेका छन् ।
शनिबार भएको पहिलो खेलमा पहिलो बलमै आउट भएका पारसले आज अर्धसतक पूरा गरेका हुन् ।  ८२ बलमा ५ चौका र एक छक्का प्रहार गरी उनले ६५ रन बनाए । अहिले पारस र सागर पुन क्रिजमा छन् । ३९ दशमलव ३ ओभरसम्म सागर २५ रन बनाएर खेलिरहेका छन् । अस्ती ... ]]></description>
काभ्रेमा यात्रुवाहक बस दुर्घटना ३१ जनाको मृत्यु , ४० जना घाईते
      <description><![CDATA[ काठमाण्डौं, साउन ३१ । काभ्रेमा यात्रुवाहक बस दुर्घटना हुंदा कम्तिमा ३१ जनाको मृत्यु भएको छ । अन्य ४० जना घाईते भएका छन् । जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार घाईतेमध्ये गम्भिर २० जनालाई हेलिकोप्टरमार्फत उपचारका लागि काठमाण्डौं र अन्य २० जनालाई एम्बुलेन्समार्फत धुलीखेल ल्याईएको छ ।
मृतकमध्ये कात्तिके देउराली—३ का विण्णु बास्कोटा, देउराली—४ का उमेश बास्कोटा, मादनकुँडारी—९ का पञ्च तामाङ्ग, गोठपानी—२ का रमेश विक र मादनकुँडारी—१ की ८ बर्षिया बालीका एलिसा लामाको पहिचान खुलेको छ । काठमाडौंबाट मादनक... ]]></description>
सबै विश्वविद्यालयको कुलपति प्रधानमन्त्री नै हुने व्यवस्था वैज्ञानिक छैनः प्रधानमन्त्री
      <description><![CDATA[ काठमाण्डौं, साउन २७ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय आवश्यकता र उत्पादित जनशक्तिबीच तालमेल हुनुपर्ने बताउनुभएको छ । पोखरा विश्वविद्यालयको १७ औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै कुलपति समेत रहेका प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, ‘देशलाई चाहिने जनशक्ति कति हो, आवश्यकता कति हो, कुन क्षेत्रमा कति जनशक्ति चाहिन्छ, त्यसको अनुपातमा शैक्षिक क्षेत्रले जनशक्ति उत्पादन गर्नेतिर जानुपर्छ ।’
अहिले उत्पादन भइरहेको जनशक्ति र राष्ट्रिय आवश्यकताबीच दरार रहेको भन्द... ]]></description>
दुई विभागीय टीम सेमिफाईनलमा
      <description><![CDATA[ अनिल ढकाल चितवन साउन २७ । चितवनमा जारी चौथो नेपाल कप आमन्त्रण फुटबल प्रतियोगितामा दुई विभागीय क्लब विजयी भएका छन । आज भएको क्वाटरफाईनल खेल जितेर नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लब सेमिफाईनलमा प्रवेश गरेका छन । पहिलो खेलमा नेपाल पुलिसले चितवनको एभरेष्ट क्लबलाई ३–० ले पराजित गरेर सेमिफाईनल पुगेको हो ।
सिधै वाई पाएर क्वाटर फाईनल खेलेको पुलिस क्लबका लागि सुमन लामाले दुई गोल गरेका थिए भने रवि पासवानले १ गोल गरेर टिमलाई विजयी बनाए । पुलिसका सुमन लामा खेलको म्यान अफ दी म्याच भएका थिए । ... ]]></description>
धार्मिक मर्यादा अनुसारको पोशाक लगाउन दिन परिपत्र
      <description><![CDATA[ विश्वराज पछल्डङ्ग्या
नेपालगन्ज, २६ साउन । जिल्ला शिक्षा कार्यालय बाँकेले मुस्लिम धार्मिक मर्यादा अनुसार बिद्यार्थीलाई पोशाक लगाउन दिन सामुदायिक तथा निजी विद्यालयलाई परिपत्र गरेको छ ।
मदरसा इस्लामिक संघ केन्द्रीय कार्यालय काठमाडौँले पोशाकका कारण मुस्लिम बालिकालाई विद्यालयले तोकेको पोशाक (मिड्डी र सट) लगाएर विद्यालय जान अपठेरो भई विद्यालय छोड्न थालेकोले विद्यालयले तोकेको रङ्गमा सरवाल, कुर्ता लगाउन छुट दिन आग्रह गरेपछि जिल्ला शिक्षा कार्यालयले सामुदायिक एवम् निजी विद्यालयलाई मुस्लिम धार्मिक ... ]]></description>
शरणामतीमा भुस्याहा कुकुरको समस्या रेविजका कारण एकको मृत्यु, पाँच सिकिस्त
      <description><![CDATA[ चिरञ्जिबी घिमिरे, दमक,
साउन २७ । भुस्याहा कुकुरको टोकाइबाट झापाको शरणामती गाविसमा एक वालकको मृत्यु भएको छ भने अन्य ५ जना घाइते भएका छन् । मृत्यु हुनेमा शरणामती–९ निवासी डिल्लीराम चुडालका ६ वर्षीय छोरा संस्कार चुडाल रहेका छन् ।
कुकुरको टोकाईबाट घाइते हुनेमा सोही ठाउँ निवासी खीना सुवेदीकी ५ वर्षीय छोरा दीप सुवेदी, नेत्र सिटौलाका ६ वर्षीय छोरा प्रिन्स सिटौला, पवन दत्तका ४ वर्षीय छोरा र ५० वर्षीय चत्रबहादुर माझी रहेका छन् । त्यस्तै कुमारी माझीका छोरा रेविज लागेको सुगुरले टोकेर... ]]></description>
मुस्ताङमा सुरक्षित प्रसूती बढ्दै
      <description><![CDATA[ संजय रेग्मी
पर्वत, साउन २७ हिमाली जिल्ला मुस्ताङमा स्वास्थ्य संस्थाबाट सुरक्षित प्रसूति गराउनेहरुको संख्यामा क्रमश वृद्धि हुन थालेको छ । सुरक्षित रुपमा बच्चा जन्माउने उद्देश्यले आमा सुरक्षा कार्यक्रम लागु भएपछि स्वास्थ्य संस्थामा बच्चा जन्माउने आमाहरु बढेका हुन् । आर्थिक वर्ष ०७२—०७३ मा ५५ जना गर्भवतीले स्वास्थ्य संस्थामा आएर सुरक्षित रुपमा बच्चा जन्माएका छन् । यो संख्या आर्थिक वर्ष ०७० र ०७१ को तुलनामा बढि हो ।
जिल्ला अस्पताल मुस्ताङका अनुसार आर्थिक वर... ]]></description>
भन्सार कार्यालय आधुनिकीकरण मुख्य प्राथमिकता
      <description><![CDATA[ काठमाण्डौं, साउन २७ । उपप्रधानमन्त्री तथा अर्थमन्त्री कृष्णबहादुर महराले भन्सार कार्यालय आधुनिकीकरण गर्ने काम आफ्नो मुख्य प्राथमिकता रहेको बताउनुभएको छ । भन्सार विभागले गरेको भन्सार व्यवस्थापन गोष्ठीलाई सम्बोधन गर्दै अर्थमन्त्री महराले भन्सार कार्यालयलाई आधुनिकीरण गर्ने पहिलो निर्णय निर्णय कार्यान्वयन आफ्नो प्रथामिकता भएको बताउनुभयो ।
पदबहाली गरेपछि अर्थमन्त्री महराले ‘नीति निर्माणमा हस्तक्षेप, योजना कार्यान्वयनमा सहयोग’ गर्ने योजनासहित राजश्व संकलनलाई वैज्ञानिकीकरण र आधुनिकिरण गर्न... ]]></description>
शेयर बजारमा सामान्य गिरावट
      <description><![CDATA[ काठमाण्डौं, साउन २७ । कारोवारको अन्तिम दिन आज शेयर बजार सामान्य घटेको छ । यस साता शेयर बजारमा निक्कै उतारचढाव देखियो । सोमबार र मंगलबार निक्कै कम समयमा उच्च घटबढ भएपछि सर्किटब्रेक लागेको बजार हिजो  १९ अंकले बढेको थियो । आज फेरी ४ दशमलव ७ अंकले घट्दै बजार १७ सय ७४ दशमलव ८७ अंकमा आईपुगेको छ ।
होटल र विकास वैंकबाहेक सबै समूहको सुचक रातो भएका छन् । सबैभन्दा धेरै विमा समूह ६२ दशमलव ३९ अंकले घटेको छ । यस्तैगरी जलविद्युत १३, वैंकिङ्ग ४, उत्पादनमूलक समूह ६ र फाईनान्स र अन्य समूहको सुचक १ अंकले रात... ]]></description>
रियो ओलम्पिकमा चार वटा कीर्तिमान